कैलालीमा लागुऔषध सहित ३ जना पक्राउ

धनगढी : कैलालीको धनगढीमा लागुऔषध सहित तीन जना युवक पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार उपमहानगरपालिका-०३, शहिद गेटबाट तीन जना युवकलाई ८८ ट्याब्लेट नाईट्रोभेट र २८ ट्याब्लेट स्पाससहित पक्राउ गरिएको हो।

बोराडाँडीतर्फ जाँदै गरेको ध.उ.म.न.पा. ६८६ नम्बरको अटोमा चेकजाँच गर्दा चालकको सिटमुनि लुकाई छिपाई राखेको अवस्थामा लागुऔषध भेटिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

पक्राउ पर्नेमा अटो चालक धनगढी ३ का अन्दाजी २१ वर्षीय एकेन्द्र बिष्ट, सोही ठाउँका २० वर्षीय सुरेन्द्र कोली र प्रकाश बिक रहेका छन्। उनीहरु तीनै जनालाई नियन्त्रणमा लिई लागुऔषध मुद्दामा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

ताजा समाचार