बैतडीमा टिप्पर दुर्घटना हुदाँ ४ जनाको मृत्यु,४ जना घाइते

महेन्द्रनगर । बैतडीको पाटन नगरपालिका–३ झालीमालीमा टिप्पर दुर्घटना हुदाँ ३ जनाको मृत्यु भएको छ । ५ जना घाइते भएका छन् ।

सोमबार झालीमाली बाट पाटन तर्फ जादैँ गरेको बा ३ ख ४८७९ नम्बरको टिप्पर दुर्घटना हुदाँ ३ जनाको मृत्यु ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवत्ता एवम् प्रहरी निरीक्षक दर्शन खड्काले बताए ।

उनका अनुसार टिप्परमा चालक सहित ९ जना सवार थिए । दुर्घटनामा परि पाटन नगरपालिका–३ का ४५ वर्षिय जनकराज पन्त,१२ वर्षिय ज्ञानु विष्ट,१२ वर्षिय राजेश प्रसाद पन्त र १७ वर्षिय ललित अवस्थीको मृत्यु भएको प्रहरी निरीक्षक खड्काले बताए ।

उनकाअनुसार पाटन नगरपालिका–३ कै १२ वर्षिय सुनिल भट्ट,अमित विष्ट,सुदिप पन्त घाइते भएका छन् । घाइते एक जनाको भने परिचय नखुलेको प्रहरी निरीक्षक खड्काले जानकारी दिए ।

उनका अनुसार घाइते भएकालाई थप उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ । ‘झालीमाली बाट पाटन तर्फ आउँदै गरेको टिप्पर अनियन्त्रित भएर दुर्घटना भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानले देखाएको छ ।’उनले भने ‘यद्यपी घटना बारे थप अनुसन्धान भइरहेको छ ।’

प्रहरी निरिक्षक खड्काका अनुसार फरार रहेका टिप्पर चालकको खोजी कार्य समेत भइरहेको छ ।

ताजा समाचार