“फोहोर मैला व्यवस्थापन र पर्यापर्यटन प्रर्वद्धन”

महेन्द्रनगर। आहा कति राम्रो पोखरा शहर पोखरा जानेवित्तिकै मुखबाट फुत्किहाल्ने अनि काठमाँडौ पुग्ने वित्तीकै मास्क निकाल्दै ओहो धुँवा धुलाको शहर भनिहाल्ने अधिकाँश मान्छेको प्रतीकारात्म अभिव्यक्ती नै हुन।

हुन त एकथरी व्याक्तिहरुले पोखरा त पाकृतिक नगरी भएर न सुन्दर भाको हो पनि भन्नु होला। त्यस्तै काठमाँडौ शहर शहरीकरण भएर केही विकृत भाको हो की भन्ने पनि होला।

तर यी देशको मुटु मानिने र सँसारले चिन्ने दुई शहरका आ आफनै विशेषताहरु छन। मन्दिर नै मन्दिरको शहर भनेर जसरी काठमाँडौ चिन्निछ त्यसैगरी तालतलैयाको शहर भनेर पोखरालाई बुझिन्छ।

साँकेतिक रुपमा उठान गरिएका यी दुई कुराले यहाँ के भन्न खोजिएको छ विश्वमा नेपाल पाकृतिक भु स्वर्ग सँगै सास्कृतिक विविधताको सुन्दर अनुपम उदारहण नै हो भन्ने कुरामा कसैको विमत्ती पनि नहोला ।

पाकृतिक सँगै सास्कृतिक रुपमा धनी बनेको देश मानवीय समृद्धि र सुखको आधारमा तय गर्न आधुनिकीकता सँगै शहरीकरण र बजारीकरणको चपेटामा यी र यस्तै सुन्दर ठाउँहरु परेका पो हुन की भन्ने बहस हुन थालेको छ।

पाकृतिक होस या सास्कृतिक रुपले नाम चलेका शहरहरु शहरीकरणको अवस्थामा रुपान्तरण हुदै जाँदा पर्यापर्यटनको विकास सँगै शहरी फोहोर व्यवस्थापनमा विशेष जोड दिनुपर्ने देखिन्छ।

व्याक्तिको स्वास्थ तथा वातावरणसँग प्रत्यक्ष परोक्ष रुपमा जोडिएको यस विषयलाई गहन रुपमा लिनु पर्ने देखिन्छ। नेपालमा मात्रै नभएर शहर तथा शहरोन्मुख लगायत पाकृतिक रुपमा पर्यापर्यटनको हटस्पटका रुपमा रहेका क्षेत्रको उचित फोहोर व्यवस्थापन विश्वभर नै एक विकराल समस्याका रुपमा आईरहेको कुरा थुप्रै अध्यनले देखाएको छ।

कुनैपनि पाकृतिक क्षेत्रको भम्रणका लागि गन्तव्यस्थल बनाई आउने पर्यटकहरुका लागि चिनिनिे ठाउ भनुम या मुख्य प्रवेशद्धार वा नजिकैको बसाई क्षेत्र नै त्यो ठाँउको शहरी क्षेत्र हुने गर्दर्छ ।

पहिला पहिला खुला दिशामुक्त क्षेत्र नहुनु भन्दा अगाडि दिशापिसाब गन्हाएको क्षेत्र आउनेबित्तिकै ल अब चाहि मानव वस्ती आएछ है भन्ने सन्देश समेत जाने गर्दथ्यो। यस कुराले के दर्शाउन खोजेको भने मानव स्वास्थ देखि पर्यापर्यटनको विकास होस या पर्वद्धनमा सरसफाई र फोहोर व्यवस्थापनले महत्वपुर्ण अर्थ राख्ने गरेको छ।

बढदो शहरीकरण, अव्वस्थित बसोबास, शहरी क्षेत्रको घनत्व अनुसारको जनसँख्या वृद्धि, बसाई सराई, कलकारखाना तथा उधोगधन्दाको विस्तार, उपभोगवादि चिन्तन तथा प्रवृति आदि जस्ता यावत मानवीय कारणले दिनादुदिन फोहोरमैलाको उत्पादन बढदै गएको छ।

फोहोरमैलाको समयमै उचित तरिकाले व्यवस्थापन नहुनाले त्यो क्षेत्रमा वस्ने मानव समुदायको स्वास्थ तथा सरसफाईमा असर गर्छ नै साथै त्यो स्थान विशेषको सभ्यता, सँस्कार, व्यवस्थापकीय क्षमता तथा विकासको स्तरलाई पनि नकारात्मक तवरले झल्काएको हुन्छ।
मानव जीवनको लागि अपरिहार्य शर्तका रुपमा सरसफाई हुनुका साथै मानव स्वस्थ रहनका लागि सफा वातावरणको आवश्यकता पर्दछ ।

प्रदुषणमुक्त वातावरणले नै सो क्षेत्रको पर्यटनको दिगो विकासका लागि आवश्यक तत्व र विषयकाका रुपमा रहेको छ । यसका लागि प्राकृतिक क्षेत्र तथा स्रोतहरुको दिगो र प्रभावकारी संरक्षण एकातिर नगरी नहुने कार्यका रुपमा रहेको छ भने अर्कातिर मानव सिर्जित फोहरमैलाको प्रभावकारी व्यवस्थापन पनि उत्तिकै जरुरी रहेको छ ।

पर्यापर्यटनको विकासका लागि होस या दैनिक जीविकोपार्जनका लागि प्राकृतिक स्रोत–साधन माथि मानिसहरूकौ निर्भरता बढी नै रहने गरेको पाईन्छ भने खास गरी शहरीकरणको दिशामा लम्किरहेका क्षेत्रहरुमा मानव सिर्जित फोहरमैलाको व्यवस्थापन प्रमुख चुनौतिका रुपमा रहन पुगेको छ ।

यस प्रकारका समस्याहरुले एकातर्फ पाकृतिक रुपमा प्रख्यात रहेका र पर्यटकीय दृष्टिकोणले प्रमुख गन्तव्यस्थलका रुपमा रहेका ठाउँहरुमा वातावरणीय क्षति बढाइरहेको छ भने अर्कातर्फ विभिन्न प्रकारका प्रकोपजन्य जोखिमहरुवाट पीडित मानवीय समुदाय नै बन्नु परिरहको छ ।

यस भीमदत्त नगरपालिका पनि यस क्षेत्रका वरिपरिका पाकृतिक तथा सास्कृतिक रुपमा मुख्य पर्यटकीय गन्तव्य ठाउहरुको केन्द्रविन्दु रहेको छ।

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज एउटा उदाहरण मात्रै हो जो यस नगर क्षेत्र भई मुख्य प्रवेशद्धारको रुपमा पर्यटकको आवास तथा भम्रणका रुपमा रहेको छ।

तर यस क्षेत्रमा भएको बढ्दो शहरीकरणका कारण शहरी क्षेत्र तथा नगर भित्रका ग्रामीण क्षेत्रमा समेत फोहरमैलाको उत्पादनमा तीब्र गतिमा बढोत्तरी भएको पाईन्छ ।

नगरवासीहरुको फोहर व्यवस्थापन तथा सरसफाइ संबन्धी चेतनामा यथोचित विकाससँगै समुदायको चासो र संलग्नतामा अभिबृद्धि भएमा सजिैले सरसफाई युक्त सफा सुन्दर शहरका रुपमा चित्रित हुन समय लाग्ने छैन।

फोहर संकलन देखि व्यवस्थापन सम्मका सबै कार्यहरु पर्याप्त जानकारी, फोहरमैला व्यवस्थापनमा निजी क्षेत्र र नागरिक समाजको संलग्नतालाई थप प्रभावकारी, फोहोरको बर्गीकरण उपयुक्त र उचित तबरले व्यवस्थापन फोहर व्यवस्थापनमा साझेदार सँस्थाहरुको परिचालन आदिलाई थप जोडबल गर्न सकेमा “महेन्द्रनगर सफा शहर हाम्रो रहर“ को सपना पुरा हुन सक्नेछ।

साथै यसको सकारात्मक प्रभाव यस क्षेत्रको चर्चित पर्यटकीय स्थल शुक्लाफाँटा क्षेत्रमा जसरी दिनानुदिन आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढदै गएको छ त्यसमा पनि पर्नेछ।

फोहोर व्यवस्थापनको एकल तथा सर्वमान्य विधि छैन । यो स्थानविशेषको अवस्था तथा व्यवस्थापकीय क्षमतामा पनि निर्भर हुने गर्दछ। नेपालको सविधान, स्थानिय सरकार सञ्चालन ऐन, २०७४, फोहोरमैला व्यवस्थापन ऐन २०६८ ले फोहोमैलाको व्यवस्थापनको जिम्मेवारी स्थानिय तहलाई दिएको छ।

फोहोर व्यवस्थापनको दायित्व कानुनतः स्थानिय तहको भएतापनि प्रत्येक व्याक्ति र समुदाय सवेदनशील र उत्तरदायी नहुदासम्म यस कार्यले सफलता प्राप्त गर्न कठिन देखिन्छ।

फोहोर व्यवस्थापनमा चेतनाको विस्तार र अभियानमा जोड, दण्ड र पुरस्कारको व्यवस्था, समुदायको क्रियाशीलता, सिर्जनशील नवीनतम वातावरणमैत्री प्रयोगको विस्तार, फोहोरलाई आर्थिकपार्जन सँगको आबद्धता, आधुनिक प्रविधिकोको प्रयोग सम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन र आवश्यक्ताअनुसार कानुन संशोधनबाट फोहोमैला व्यवस्थापन विशेष उप्लबधी हासिल हुनलाई सहयोग पुग्न सक्नेछ ।

फोहोरमैलाको बढदो दबाव तथा अवस्थालाई बैलैमा व्यवस्थापन गर्न र विशेष रुपमा सोच्न विलम्ब गर्नुहुदैन अन्यथा यसले आगामी दिनमा ल्याउने पाकृतिक क्षेत्रमा ल्याउने विकृत तथा भयावह स्थिती र मानवीय क्षेत्रमा ल्याउने महामारीको कारण हामी आफै बन्नेछौ ।

नेपाल पर्यटन बोर्ड र भीमदत्त नगरपलिकाको आयोजना तथा सरोकारवाला निकायहरुको सहकार्यमा पाँचौ शुक्लाफाटा पर्यटन महोत्सव २०७८ मनाउन लागेको सन्दर्भमा पनि फोहोर व्यवस्थापनले पर्यटन प्रर्वद्धन र विकास दिगो समुद्धिको आधार भन्ने नारालाई सार्थक तुल्याउनुको साथै यस क्षेत्रको पर्यटन विकासमा समेत महत्वपुर्ण योगदान गर्नेछ।

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेज