एनएमबि बैंक द्वारा बादी समुदायलाई वित्तीय साक्षरता

कैलाली। एनएमबि बैंक लिमिटेडले कैलालीको लम्किचुहा नगरपालिका-०३ बल्चौर स्थित बादी समुदायमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ।

लम्किचुहा नगरपालिका-०३ का वडाध्यक्ष भक्त बहादुर चलाउनेको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न गरिएको हो।

बादी समुदायका स्थानीयबासीहरुलाई बैंकिङ कारोबार सम्बन्धमा आधारभूत ज्ञान प्रदान गर्ने उद्देश्यले आयोजित उक्त कार्यक्रममा लम्किचुहा नगरपालिका ३ का समाजसेवी एवम् बरिस्ठ व्यक्तित्वहरुको पनि उपस्थिती रहेको थियो।

साे कार्यक्रममा एनएमबि बैंक लम्की शाखाका प्रमुख प्रकाश पन्तले वित्तीय व्यवस्थापन, यसको सही सदुपयोग कसरी गर्न सकिन्छ भन्नेबारे जानकारी दिए।

स–सानो रकम बचत गर्दै उत्पादनमूलक क्षेत्रमा लगानी गरी आयआर्जनको श्रोत बढाउन सकिने उनको भनाइ थियो।

कार्यक्रममा प्रमुख अतिथी लम्किचुहा नगरपालिका ३ का वडाध्यक्ष भक्त बहादुर चलाउनेले बल्चौर क्षेत्रका स्थानीयको आर्थिक अवस्थाका बारेमा जानकारी गराए।

कार्यक्रममा सामाजिक अभियन्ता रमा बादी, लम्किचुहा नगरपालिका ३ वडा सदस्य पार्वती बादी लगायतले वित्तीय व्यवस्थापनबारे आ–आफ्नाे भनाइ राखे।

ताजा समाचार