नेपाल नेत्रज्योती संघ कञ्चनपुरद्धारा निशुल्क आँखा परिक्षण र औषधी वितरण

महेन्द्रनगर । आइतबार देशैभरी ‘हाम्रो कर्तव्य,हाम्रो जिम्मेवारी,आँखा सेवामा साझेदारी’ भन्ने नारा सहित विभिन्न कार्यक्रम गरि ४४ औँ नेत्रज्योती दिवस मनाइएको छ ।

सोही अनुसार नेपाल नेत्रज्योती संघ कञ्चनपुरले पनि महेन्द्रनगरस्थित महिला तथा वृद्ध सेवा केन्द्र वृद्धाआश्रममा रहेका बृद्धावृद्धहरुका निशुल्क आँखा परिक्षण र औषधी वितरण गरेको छ ।

४४ औँ नेत्रज्योती दिवसको अवसरमा वृद्धाआश्रममा रहेका ४१ जना वृद्धावृद्धहरुका निशुल्क आँखा परिक्षण र औषधी वितरण गरिएको नेपाल नेत्रज्योती संघ कञ्चनपुरका अध्यक्ष डा. भोजराज पन्तले बताए । उनकाअनुसार ४१ जनाको आँखा परिक्षण गरिएकोमा ७ जनामा मोतीविन्दुको समस्या देखिएको छ ।

No description available.
आँखा परिक्षण गरिदैँ

‘आइतबार नेत्रज्योती दिवसको अवसरमा वृद्धवृद्धाहरुको निशुल्क आखा परिक्षण,औषधी वितरण गर्नुका साथै मिठाई,जेरी खुवाइयो ।’ अध्यक्ष पन्तले भने ‘आँखा परिक्षण गरिएका ४१ जना मध्ये ७ जनामा मोतिविन्दुको समस्या देखिएको छ । मोतिविन्दुको समस्या देखिएका वृद्धवृद्धाहरुको पनि जति सक्दो चाँडो हामी निशुल्क उपचार गर्नेछौ ।’

यस्तै महेन्द्रनगर स्थित महेन्द्रनगर आँखा अस्पतालमा आइतबार विरामीहरुलाई ओपिडि शुल्कसमेत निशुल्क गरिएको अध्यक्ष पन्तले बताए । नेपाल नेत्रज्योती संघ कञ्चनपुरले निरन्तर यस्ता सामाजिक कार्य गर्दै आइरहेको छ ।

ताजा समाचार