“म समाजबादीमै थिए, छु र एस कै लागि काम गर्छु” – रंगी बोहरा

महेन्द्रनगर, चैत्र २४। नेकपा एकिकृत समाजवादी भीमदत्त नगरका नेता रंगी बोहराले आफु समाजवादीमै रहेको बताएका छन ।

बिहीबार नेकपा एकीकृत समाजवादी कञ्चनपुरका सह-इन्चार्ज एवम् पुर्वराज्यमन्त्री प्रकाश रावलको उपस्थितिमा बोहराले समाजवादीमै रहेको घोषणा गरेका हुन ।

बोहराले भने “मलाई राति ९-१० बजे रति कोठामा लगेर नलगाउ भन्दा भन्दै जबर्जस्ति खादा लगाएका हुन्।” उनले थपे “मैले समाजबादी छोडेर एमालेमा फर्केको भनेको हुनु पर्यो, सार्बजनिक रुपमा काम गरेको हुनु पर्यो, त्यो छैन म समाजबादीमै छु।”

समाजवादी भीमदत्त नगरका उप-सचिव ईन्द्र बहादुर ठगुन्नाले सामाजिक सञ्जालमा भिडियो सार्बजनिक गर्दै बोहरा समाजवादीमै रहेको स्पष्ट पारेका छन।

दुई दिन अघि मात्रै एमाले पोलिट्ब्युरो सदस्यद्वय निरुदेवी पाल र राजेन्द्र सिह रावलले रंगी बोहरा सहितका नेताहरु पुन एमालेमै फर्केको भन्दै फोटोहरु सामाजिक सञ्जालमा राखेका थिए।

समाजबादीतर्फ जनलहर एकिकृत भैरहेको र एमाले नेता कार्यकर्ताले आफु कमजोर भएको थाहा पाउदा यस्तो भ्रम फैलाइराखेको, पुर्वराज्यमन्त्री प्रकाश रावलको भनाई छ।

ताजा समाचार

हाम्रो अफिसियल फेसबुक पेज