एनएमबी बैंक संपदा संरक्षणको साथमा

महेन्द्रनगर, बैशाख ३। एनएमबी बैंक महेन्द्रनगरले विश्व सम्पदा दिवसको अवसरमा वैशाख ०३ गते शनिवारका दिन ‘हेरिटेज वाल्क’ कार्यक्रम सम्पन्न गरेको छ।

एनएमबी बैंक सुदुर पश्चिम प्रदेशका वरिष्ठ क्षेत्रीय प्रबन्धक (क्षेत्र ०१) शुशील बहादुर सिंहको अगुवाइ र उक्त बैंकका कर्मचारीहरूको सहभागितामा महेन्द्रनगर बजार तथा आसपासका क्षेत्रमा ‘हेरिटेज वाल्क’ कार्यक्रम सम्पन्न गरिएको हो।

उक्त कार्यक्रममा बैंकका कर्मचारीहरुले महेन्द्रनगर बजार क्षेत्रमा सम्पदा संरक्षणको लागि जनचेताना जगाउने अभिप्रायले ‘हाम्रो सम्पदा-हाम्रो गर्व’, ‘संरक्षण गरौं-हाम्रो सम्पदा’, ‘सम्पदा संरक्षण-आजको आवश्यकता’, ‘Save Heritage-Save History’ लगायतका विभिन्न नाराहरूका साथ महेन्द्रनगर परिसरका विभिन्न मन्दिरहरूमा सरसफाई तथा डस्टबिनहरू वितरणको कार्यक्रम सम्पन्न गरेको छ ।

बैंकले उक्त कार्यक्रममा महेन्द्रनगर बजार तथा आसपासका विभिन्न ८ मन्दिरहरू श्री बाबा सिद्धनाथ मन्दिर, श्री शिव मन्दिर, श्री बैजनाथ सिद्धनाथ मन्दिर, श्री राधा कृष्ण मुक्तिनारायण मन्दिर, श्री भम्केनी धाम मन्दिर, श्री साकेत धाम- विष्णु मन्दिर पश्चिमधाम , श्री शिव धाम मन्दिर र श्री त्रिपुरा सुन्दरी रणशैनी भगवती मन्दिर  मा सरसाफाई तथा डस्टबिनहरू हस्तान्तरण गरेको छ ।

एनएमबी बैंकले सुदुर पश्चिम प्रदेश बाहेक अन्य प्रदेशहरूमा समेत यसै मितिमा ‘हेरिटेज वाल्क’ कार्यक्रम सम्पन्न गरेको छ । वर्षेनी जसो सम्पदा दिवसको अवसरमा कार्यक्रम गर्दै आएको एनएमबी बैंकले यसपाली नवौं ‘हेरिटेज वाल्क’ कार्यक्रम सम्पन्न गरेको हो ।

नेपालको सामाजिक, धार्मिक, वातावरणीय  तथा सांस्कृतिक सम्पदाहरूले नेपाल लाई विश्व सामु परचित गराएको छ ।

नेपाललाई विश्व सामु सभ्य र सुसंस्कृत मुलुक को रूपमा चिनाई राख्नको निम्ति सम्पदाहरूको संरक्षण तथा संबर्धन गर्नु आजको आवश्यकता अनि चुनौती रहेको छ ।

विभिन्न अन्तर्राष्ट्रिय संघ-संस्था हरू समेतले चासो तथा महत्व दिंदै आएको सम्पदाहरूको संरक्षणको लागि टेवा पुग्ने गरी एनएमबी बैंकले गरेको कार्यक्रम सराहनीय रहेको छ ।

ताजा समाचार