अछाममा काढको ठुडाको प्रहारबाट एकै घरका दुई जना घाइते

महेन्द्रनगर । अछाममा गएराति मध्यरातमा भएको काढको ठुडाको प्रहारबाट एकै घरमा दुईजना घाइते भएका छन् । बिहे भोजको विषयमा विवाद उत्पन्र भएपछि त्यहाँका स्थानीय युवाहरुको दुई समूह बिच झगडा हुदाँ ढकारी गाउँपालिका–३, चोइटीखातलीका, दुई जना घाइते भएका छन् । टाउकोमा ठुडाको प्रहारबाट सिकिस्त घाइते भएका दुई जनाको जिल्ला अस्पतालमा उपचार भइरहेको छ । घटनामा संलग्र भएका ९ जनालाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायक उपरिक्षक रबिराज थपलियाले मितजी मिडियालाई जानकारी दिएका छन् ।

ताजा समाचार