कैलाली । कैलालीका ११ वटा वनमा अवैध रूपमा काठ कटान र लिलाम बिक्री गर्न खोजिएको उजुरी पछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा हानेको छ।
अख्तियारको महेन्द्रनगर कार्यालयले मङ्गलबार डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरमा एकसाथ छापा मारेर अनुसन्धानका लागि आवश्यक कागजातहरू नियन्त्रणमा लिएको हो। नियमविपरीत साढे ३ लाख क्युफिटभन्दा बढी हरिया साल र खयरका रूख काटेर मिलेमतोमा लिलाम गर्न खोजिएको उजुरीमा उल्लेख छ।
यसअघि प्रदेश सभाको संसदीय छानबिन समितिले समेत अनुगमन गरी लिलाम प्रक्रिया रोक्न निर्देशन दिएको थियो। तर, वन मन्त्रालयले लिलाम नरोकेपछि सरोकारवालाहरू अख्तियार पुगेका हुन्। कागजात नियन्त्रणमा लिएसँगै अख्तियारले विस्तृत छानबिन अघि बढाएको छ।
कैलालीका ११ सामुदायिक वनमा अवैध रूख कटान : अख्तियारद्वारा दुई वन कार्यालयका कागजात नियन्त्रणमा
प्रकाशित मिति:



