‘आफ्नो सरकार आफै ढाल्ने कम्युनिष्टलाई फेरी जनताले किन विश्वास गर्ने ?’


महेन्द्रनगर ।
नेपाली काँग्रेसका केन्द्रिय सदस्य आर्जु राणा देउवाले कम्युनिष्टहरुले देश र जनताका लागि काम नगरेको आरोप लगाइन् । शनिबार नेपाली काँग्रेस कञ्चनपुरले आयोजना गरेको भेटघाट तथा छलफल कार्यक्रममा उनले त्यसो भनेकी हुन् । ‘कम्युनिष्टहरुले आफ्ना आफन्त र कार्यकर्ताका लागि मात्र काम गरे ।’ उनले भनिन् ‘देश र जनताका लागि काम गरेनन् ।’ उनले अगाडी थपिन् ‘उल्टो देशको संविधान भत्काउन खोजे,कोरोनाको समयमा देश संकटमा परेको अवस्थामापनि भष्ट्राचार गर्न छाडेनन् । जनताले अबको ५ वर्ष पुरानो गल्ति गर्ने छैनन् ।’

हामीले काँग्रेसको एकता अनुसान कमजोर हुन दिनुहुदैनः पूर्वमन्त्री साउँद

No description available.

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री एनपी साउँदले काँग्रेसकोे एकता,अनुसासनलाई कमजोर हुन नदिन कार्यकर्तालाई आग्रह गरेका छन् । ‘प्रतिपक्ष कमजोर भएको छ । अहिले कम्युनिष्टहरु फुटेर ३ पार्टीमा परिणत भएका छन् तर काँग्रेस अहिलेपनि एक छ ।’ उनले भने ‘त्यसैले काँग्रेसको यो एकता,अनुसान कमजोर हुन दिनु हुदैन ।’ कार्यक्रममा उनले नेता कार्यकर्तालाई भविष्यमा विश्वास गर्न समेत आग्रह गरे । ‘हामीले भविष्यलाई विश्वास गर्नु पर्छ,वर्तमानमा जहिलेपनि अवसर आउँछ जान्छ ।’ उनले भने ‘भविष्य हाम्रो हो,अर्को पटक ती साथीहरुले अवसर पाउने छन् जसले अहिले त्याग गरेका छन् ।’ उनकाअनुसार सिमित पदका लागि धेरै साथीहरु आकाँक्षी भएकोले धेरै योग्य साथीहरुले अवसरबाट बञ्चित हुनु परेको छ । त्यसको आगामी दिनमा मुल्याङक हुन्छ । त्यस्तै उनले स्थानिय तहको निर्वाचनमा स्थानियका समस्या,आवश्यकतालाई बढी प्राथमितामा राख्न समेत उम्मेद्धवारलाई निर्देशन दिएका छन् । उनले भने ‘स्थानिय तहको निर्वाचनमा हामीले स्थानियका समस्या,आवश्यताका कुरालाई प्राथमिकतामा राख्नु पर्छ ।’

काँग्रेसले राजनिति विकासका लागि गर्छः पूर्वमन्त्री लेखक

No description available.

नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवम् पूर्वमन्त्री रमेश लेखकले काँग्रेसले राजनिति विकासका लागि गर्ने बताएका छन् । ‘कम्युनिष्टहरुले आफ्नो र आफ्ना आफन्त,नेता कार्यकर्ताका लागि राजनिति गरिरहेका छन् ।’ उनले भने ‘यदि कम्युनिष्टहरु विकासका लागि राजनिति गर्ने भए आफ्नै दुई तिहाइको सरकार आफै किन ढाल्थ्ये,संविधान किन भत्काउन खोज्थ्ये ? ।’ उनले अगाडी थपे ‘त्यसैले हामी विकासका लागि राजनिति गर्छौ । हामी कुनै पदका लागि मात्र राजनिति गर्दैनौँ ।’ यस्तै उनले काँग्रेसले कामका आधारमा मात्रै भोट माग्ने बताएका छन् । ‘काँग्रेसले कम्युनिष्टहरु जस्तो हावा गफदिएर भोट माग्दैन ।’ उनले भने ‘हामी गरेका कामका आधारमा भोट माग्छौँ ।’

देशमा संकट पर्दा काँग्रेस नै चाहिन्छः मेयर पदका उम्मेद्धवार बोगटी

No description available.

नेपाली काँग्रेस कञ्चनपुरका सभापति एवम् भीमदत्त नगरपालिकाका मेयर पदका उम्मेद्धवार पदम बोगटीले देशमा संकट पर्दा काँग्रेस नै चाहिएकोे बताएका छन् । ‘जनताले कम्युनिष्टहरुलाई ५ वर्ष सरकार संञ्चालन गर भनेर जिताए ।’ उनले भने ‘तर कम्युनिष्टहरुले जनताको मतको अपमान गर्दै आफ्नै सरकार आफै ढालेर,संविधान भत्काउन खोजे र देशको संविधानको रक्षा गर्न नेपाली काँग्रेसकै आवश्यकता प¥यो ।’ उनले अगाडी थपे ‘जनताले ५ वर्षका लागि चुनेर पठाएका कम्युनिटहरुले ३ वर्ष नपुग्दै आफ्नो सरकार आफै ढाले,अनि अहिले फेरी कुन मुख लिएर जनतामाझ जादैछन् र जनताले अब उनिहरुलाई कीन विश्वास गर्ने ? ।’

ताजा समाचार