पर्वतमा निर्वाचन आचारसहिंता पालनामा कडाइ गरिने


महेन्द्रनगर ।
आचारसहिंता उद्घघाटनका घटना बढ्न थालेपछि कडाइ गर्न थालिएको हो । आचारसहिंता अनुगमन समिति पर्वतको आइतबार बसेको बैठकले आचारसहिंता उल्लंघनका मौखिक उजुरी आएपछि कडाइ गर्ने निर्णय गरेको छ ।

पर्वतमा निर्वाचन प्रचारका क्रममा सवारी साधनमा चर्को स्वरमा प्रचार सामग्री बढाउने, ठुला ठुला बोर्डहरु राख्ने तथा सवारी साधनमा समेत ठुला झन्डा,ब्यानर राखेर प्रचार गर्ने काम भइरहेको छ । दल तथा स्वतन्त्र उम्मेदवारले भड्किलो प्रचार शौली अपनाउन थालेपछि यसलाई रोक्न सोमबारदेखि नै कडाइ गरिने मुख्य निर्वाचन अधिकृत बलराम त्रिपाठीले बताउनुभयो ।

जिल्ला प्रहरी कार्यालयले आचारसहिंता उल्लंघनका काम नगर्न भन्दै सोमबार बजार क्षेत्रमा माइकिङ गरेको छ । शुरुमा उल्लंघनका घटना नगर्न आग्रह गरिएको र अब गरेको पाइएमा प्रहरीले कारबाही गर्ने जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डीएसपी शिवराज बुढाथोकीले बताउनुभयो ।

ताजा समाचार