सुर्खेतमा पैसा बाँड्दै हिँडेका एमालेका वडाध्यक्ष उम्मेदवार प्रकाउ


महेन्द्रनगर । सुर्खेतको गुर्भाकोट नगरपालिका–११ वडास्थित आँपसेतीमा मतदातालाई पैसा बाँड्दै हिँडे्का एमालेका वडाध्यक्ष उम्मेदवार पक्राउ परेका छन् । वडाध्यक्षको उम्मेदवार रहेका राजन बिसीलाई प्रहरीले बुधबार राति रंगेहात पक्राउ गरेको हो ।

उनको साथबाट १ लाख १२ हजार रुपैँया नगदसहित बरामत गरिएको र बिसीलाई निर्वाचन कार्यालयको जिम्मा लगाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी रामप्रसाद घर्तीले जानकारी दिएका छन् ।

ताजा समाचार