कृष्णपुरको मत गणना स्थगित

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मत गणना स्थगित भएको छ ।

कृष्णपुर– ९ को मतगणनाका क्रममा मतपेटिकामा १ हजार ९ सय १४ मतपत्र गणना गर्दा २ हजार ६४ मत आएपछि गणना स्थगित गरिएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

निर्वाचन अधिकृत नरेन्द्र बुढाका अनुसार १ सय ५० मत बढी देखियो, अहिले ‘सबै राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल गरि रुजु गर्ने कार्य भइरहेको छ ।

ताजा समाचार