बेल्डाँडी गाउँपालिका अध्यक्षमा काँग्रेसका राना र उपाध्क्षमा नाथ विजयी

महेन्द्रनगर । बेल्डाँडी गाउँपालिकामा नेपाली काँग्रेसले विजय हासिल गरेको छ । गाउँपालिकाको अध्यक्षमा काँग्रेसका हरिश चन्द्र रानाले ४१०३ मत ल्याएर विजयी भएका छन् ।

त्यस्तै उपाध्क्षमा पनि कांग्रेसका शान्ति नाथले ३६७३ मत ल्याएर विजयी भएकी छन् ।

बेल्डाँडी गाउँपालिकामा रहेका ५ वडा मध्ये ४ वडामा कांग्रेसले जितेको छ । वडा न. १ को वडाध्यक्षमा काँग्रेस गज बहादुर विष्ट ,वडा नं.२ मा नारद सिंह उर्याल,वडा नं.३ मा दुर्गा प्रसाद चौधरी र वडा नं. ५ मा इन्द्र बहादुर खड्का विजयी भएका छन् । यस्तै ४ नम्बर वडामा एमालेका वीर बहादुर खड्का विजयी भएका छन् ।

ताजा समाचार