भीमदत्त–२ को पुनः मतगणना गर्ने सर्वदलियको निर्णय,५ बजेबाट गणना हुने

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको स्थगित मतगणना पुनः गर्ने सर्वदलिय बैठकले निर्णय गरेको
छ ।

आइतबार वडा नम्बर–२ को मतगणनाका क्रममा १०० मतपत्र भनेर खोलिएको पोकामा १५० मत आएको भन्दै मतगणना स्थगित गरिएको थियो ।

‘वडा नम्बर २ को मत गणना पुनः गर्ने सर्वदलिय बैठकले निर्णय गरेको छ ।’ लोसपा बाट भीमदत्त–२ का वडाध्यक्ष पदका उम्मेद्धवार अम्बादत्त तिवारीले भने ‘तर केही समयपछि उम्मेद्धवारसंग पनि छलफल हुने भनिएको छ । उम्मेद्धवार संग छलफल भएपछि टुङगो लाग्छ ।’

सोमवार (आज) साझ ५ बजेबाट मतगणना शुरु हुने प्रमुख निर्वाचन अधिकृत मदन धामीले बताए ।

ताजा समाचार