कञ्चनपुरको बेलौरीमा माओवादी विजयी, उपमेयरमा एमाले

महेन्द्रनगर । कञ्चनपुरको बेलौरी नगरपालिका प्रमुखमा नेकपा माओवादी केन्द्रका उम्मेदवार पोतिलाल चौधरी विजयी भएका छन् । नगर उपप्रमुखमा नेकपा एमालेका उम्मेदवार जोगरा चौधरी विजयी भएका छन् ।

निर्वाचन अधिकृतका अनुसार नगर प्रमुखमा माओवादीका पोतिलालले ८ हजार ७ सय ८७ मत प्राप्त गरेका छन् । यस्तै एमालेकी कमला बोहराले ६ हजार ८ सय ३ मत पाएकी छन् । नगर उपप्रमुखमा एमालेका जोगरामले ७ हजार ५ सय ८३, माओवादीका मञ्जु शाहले ६ हजार ८ सय ३५ मत पाएकी छन् ।

बेलौरी नगर माओवादी नेतृ बीना मगरले संघीय निर्वाचन लड्दै आएको कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर १ मा पर्दछ । यहाँ गत निर्वाचनमा पनि माओवादीका पोतिलाल नै नगर प्रमुखमा विजयी भएका थिए ।

ताजा समाचार