भीमदत्तको मेयरमा काँग्रेसका बोगटी तेब्बर मतले अगाडी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाको मेयर र उपमेयरमा नेपाली काँग्रेसले अग्रता कायम राखेको छ । मेयरमा काँग्रेसका पदम बोगटी तेब्बर मतले लिड गरिरहेका छन् ।

उनले १२९० मत प्राप्त गरेका छन् । उनलाई एकिकृत समाजवादीका राजेन्द्र पाण्डेयले पछ्याइरहेका छन् । पाण्डेयले ४५५ मत पाएका छन् । यस्तै एमालेका महेश पन्तले ४३८,राप्रपाका गजेन्द्र चन्दले ४११ मत पाएका छन् ।

भीमदत्तको उपमेयरमा पनि काँग्रेसकी निलम लेखक जोशीले अग्रता कायमै राखेकी छन् । उनले १०१४ मत पाएकी छन् । यस्तै माओवादीका कृष्णदत्त जोशी (बोक्सर)ले ७६७,एमालेकी भुवन केसीले ५२७ र राप्रपाकी हेलन श्रेष्ठले ३१७ मत प्राप्त गरेकी छन् ।

भीमदत्तमा अहिले वडा नम्बर ३,१९ र १८ को मतगणना भइरहेको छ । वडा नम्बर १ को गणना सम्पन्न भइसकेको छ ।

ताजा समाचार