भीमदत्त नगरपालिका वडा नं १९ मा माओवादीको जित


महेन्द्रनगर । नेकपा माओवादी केन्द्रले कञ्चनपुरको भीमदत्त नगरपालिका वडा न. १९ मा कांग्रेसका उम्मेदवार सन्तोषी साउदँ ऐरीलाई १२५ मतको अन्तरले हराउँदै माओवादीका उम्मेदवार जग्गु राम चौधरी अध्यक्षमा निर्वाचित भएका छन् ।

चौधरीले ७ सय र ऐरीले ५७५ मत ल्याएका थिए । एमोका सायब रानाले ४२९ मत ल्याएका थिए । यस अघि चौधरी २०७४ सालमा पनि माओवादी केन्द्रबाट चुनाव लडेका थिए ।

यसपालि आफुले राम्रो मत प्राप्त गरी बिजयी भएकोमा एकदम खुशी छु ‘चौधरीले’ बताए र वडाको विकास गर्ने बताएका छन् ।

ताजा समाचार