टीकापुरको वडा नं. १ मा पुनः मतगणना गर्न नागरिक उन्मुत्ति पार्टीको माग


महेन्द्रनगर कैलाली टीकापुर नगरपालिकाको उपमेयर र वडा नंं. १ मा पुनः मतगणनाको लागी नागरिक उन्मुत्ति पार्टीले माग गरेका छन् ।

टीकापुर नगरपालिका १ को वडाध्यक्ष र उपप्रमुखमा खसेको मतहरुको पुनः मतगणना गरिदिन हुन निवेदन पेश गर्दर्छौं’ निवेदनमा भनिएको छ ।

रेशम चौधरीकी श्रीमती रञ्जिता श्रेष्ठले नेतृत्व गरेको उक्त पार्टीका प्रवक्ता दामोदर पण्डितले निर्वाचन आयोगको कार्यालय कैलालीमा निवेदन दिएर पुनः मतगणको माग गरेका हुन ।

नागरिक उन्मुक्ति पार्टी उपमेयएमा १५३ मतको अन्तरले पराजित भएको हो । मेयरमा ठूलो मतान्तरले जितेको नागरिक उन्मुक्ति पार्टीले उपमेयरमा हार बेहोरेको छ ।

उपमेयरमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार खड्कबहादुर शाहले ७ हजार ९५५ मत ल्याएर विजयी हुँदा नागरिक उन्मुक्ति पार्टीकी उल्कादेवी विश्रकर्माले ७ हजार ८०२ मत प्राप्त गरेकी छन् ।

ताजा समाचार