छाउगोठ नभत्काउने नेता-कार्यकर्तालाई कारबाही गर्ने रास्वपा कैलालीको चेतावनी

प्रकाशित मिति:

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कैलाली जिल्ला समितिले छाउपडी कुरीतिविरुद्ध कडा निर्णय गरेको छ।

चुरे गाउँपालिकामा बसेको जिल्ला समितिको बैठकले पार्टीको जिम्मेवार पदमा रहेका वा आगामी निर्वाचनमा उम्मेदवार बन्न इच्छुक नेता-कार्यकर्ताको घरमा छाउगोठ भए एक महिनाभित्र अनिवार्य रूपमा भत्काउनुपर्ने निर्णय गरेको छ।

तोकिएको समयावधिभित्र छाउगोठ नभत्काउने व्यक्तिलाई पार्टीको कुनै पनि जिम्मेवार पदमा नराखिने र निर्वाचनमा उम्मेदवारीका लागि सिफारिससमेत नगरिने रास्वपा कैलालीले स्पष्ट पारेको छ।

जिल्लाका पहाडी भेगमा अझै ५० प्रतिशतभन्दा बढी घरहरूमा छाउगोठ कायम रहेको र तराई क्षेत्रमा समेत यो कुरीति जीवितै रहेको पाइएकाले सुधारको सुरुवात आफ्नै पार्टी पङ्क्तिबाट गर्न यस्तो कदम चालिएको रास्वपाले जनाएको छ।

ताजा समाचार