सरकारद्वारा जीवनरक्षक औषधि, सुरक्षा उपकरण र पुरातात्विक सम्पदा आयातमा पूर्ण कर छुट

प्रकाशित मिति:

काठमाडौं । सरकारले विभिन्न अन्तर्राष्ट्रिय संघ-संस्था, मित्रराष्ट्रहरू तथा नियोगहरूबाट अनुदान एवं सहयोगमा प्राप्त हुने जीवनरक्षक औषधि, स्वास्थ्य सामग्री, सुरक्षा उपकरण र ऐतिहासिक सम्पदा आयातमा पूर्ण कर तथा भन्सार महसुल छुट दिने निर्णय गरेको छ। अर्थ मन्त्रालयले आर्थिक ऐन, २०८२ को दफा १८ को उपदफा (२) ले दिएको अधिकार प्रयोग गरी राजपत्रमा २६ वटा छुट्टाछुट्टै सूचना प्रकाशित गर्दै यो व्यवस्था कार्यान्वयनमा ल्याएको हो।

जनस्वास्थ्य र मातृ-शिशु कल्याणलाई प्राथमिकता दिँदै युनिसेफ नेपाल, विश्व स्वास्थ्य संगठन, युएनएफपिए तथा युएसआईडी लगायतका संस्थाहरूबाट प्राप्त हुने सुरक्षित प्रसूति, बर्थिङ सेन्टर, एसएनसियु तथा एनआइसियु उपकरण, भिटामिन ए, थेराप्युटिक मिल्क, अल्बेन्डाजोल र शीघ्र कुपोषण उपचारका सामग्रीमा लाग्ने सबै प्रकारका कर मिनाहा गरिएको छ। यसैगरी परिवार नियोजनका साधन, कालाजार, डेंगु, मलेरिया, दादुरा र रेबिज नियन्त्रणका किट तथा खोपमा पनि पूर्ण छुट दिइएको छ। भारत सरकारबाट निर्वाचन सहजीकरणका लागि प्राप्त सवारी साधन र सुरक्षा सामग्री, शान्ति सैनिकका बन्दोबस्तीका सामान र अमेरिकाबाट फिर्ता ल्याइएका पुरातात्विक मूर्तिहरूमा पनि महसुल मिनाहा गरिएको छ।

ताजा समाचार