सप्तरीको शम्भुनाथमा २ वर्षीया बालिका झाडीमा मृत फेला, अनुसन्धान जारी

प्रकाशित मिति:

सप्तरी। शम्भुनाथ नगरपालिका-३ स्थित ट्राफिक चौकका मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन मृत अवस्थामा भेटिएकी छन्।

आइतबार बिहानदेखि एकाएक बेपत्ता भएकी ती बालिकाको खोजतलास गर्ने क्रममा आफ्नै घरपछाडिको झाडीमा शव फेला परेको हो। बालिका हराएलगत्तै परिवारले प्रहरीलाई खबर गरेपछि प्रहरी र स्थानीयको संयुक्त टोलीले खोजी सुरु गरेको थियो।

घटनाको यथार्थ कारण भने अझै खुल्न सकेको छैन। जिल्ला प्रहरी कार्यालयले घटनाको गहन अनुसन्धान भइरहेको र थप विवरण आउन बाँकी रहेको जनाएको छ।

ताजा समाचार