रुकुम पश्चिममा गाडीको ठक्करबाट आमा-छोरीको मृत्यु

प्रकाशित मिति:

रुकुम पश्चिम । जिल्लाको सानीभेरी गाउँपालिका-८ एकान्तमा ईभी गाडीको ठक्करबाट आमा र छोरीको ज्यान गएको छ।

शौचालय जानका लागि गाडीबाट ओर्लिएकी २६ वर्षीया स्वस्तिका पौडेल र उनकी २ वर्षीया छोरी शान्दिका ज्ञवालीलाई विपरीत दिशाबाट आइरहेको भे १ ज १४८२ नम्बरको माइक्रो बसले ठक्कर दिएको हो।

दुर्घटनामा परेर गम्भीर घाइते भएका दुवै जनालाई तत्काल उपचारका लागि जिल्ला अस्पताल सल्ले लगिएकोमा बिहान ९:३० बजे उनीहरूको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको छ।

ताजा समाचार