शेयर बजार आज बिहिबार घट्यो साडे २३ अङ्कले


महेन्द्रनगर । आज सबैभन्दा धेरै लुम्बिनी जनरल इन्सुरेन्सको शेयर सात प्रतिशतले घटेको छ । समग्रमा बजार राताम्मे हुँदा पनि जनरल इन्सुरेन्सको शेयर भने साढे ७ प्रतिशतले बढेको छ ।

शेयर बजार परिसूचक नेप्से आज २३ दशमलव ५२ अङ्कले घटेर दुई हजार २ सय ५० दशमलव ९१ विन्दुमा झरेको छ । आज म्युचुल फन्डबाहेक अरु सबै समूहको शेयर ओरालो लागेको छ ।

दुई सय १९ वटा कम्पनीका ३७ करोड रुपैयाँमा कारोवार भएको छ । सबैभन्दा धेरै प्रभु बैंकको प्रमोटर शेयर १२ करोड ८१ लाख रुपैयाँमा किनबेच भएको छ ।

ताजा समाचार