काठमाडौँको होटलमा धनगढीकी युवतीको हत्या: आरोपमा दुई अभियुक्त पक्राउ

प्रकाशित मिति:

काठमाडौं । काठमाडौँको गोंगबुस्थित एक होटलमा युवती मृत भेटिएको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

मित्रनगरमा रहेको होटल माउण्ट एल्भिसको चौथो तलाको कोठामा धनगढी उपमहानगरपालिका–७ स्थायी घर भएकी अन्दाजी २५ देखि ३० वर्षकी निशा सुनार मृत अवस्थामा भेटिएकी थिइन्। उनको हत्या भएको निष्कर्षसहित प्रहरीले सूक्ष्म अनुसन्धान अघि बढाएको थियो।

घटनामा संलग्न रहेको आरोपमा बाँके प्रहरीको सहयोगमा जुम्लाको चन्दननाथ गाउँपालिका–१ घर भई हाल नेपालगञ्ज बस्ने २० वर्षीय दानबहादुर शाही र दैलेखको डुङ्गेश्वर गाउँपालिका–६ घर भई महाराजगञ्ज बस्दै आएका रमेश बुढालाई पक्राउ गरिएको हो।

प्रारम्भिक अनुसन्धान अनुसार दानबहादुरले होटलमा कोठा बुक गरेका थिए। त्यसपछि रमेश बुढाले युवतीलाई कोठामा पुर्‍याएर दानबहादुर त्यहाँबाट हिँडेका थिए। रमेशले नै सुनारको हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ।

पक्राउ परेका दुवै जनामाथि कर्तव्य ज्यान मुद्दामा काठमाडौँ जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ।

ताजा समाचार