कैलालीको लम्कीचुहामा माइक्रोबसको ठक्करबाट  एक बालिकाको मृत्यु

प्रकाशित मिति:
spot_img

धनगढी। कैलालीको लम्कीचुहामा माइक्रोबसको ठक्करबाट आज बिहान एक बालिकाको मृत्यु भएको छ। लम्कीचुहा नगरपालिका–८ गप्कामा बाटो काट्दै गरेकी १५ वर्षीया स्वस्तिका न्यौपानेको दुर्घटनामा परी ज्यान गएको हो।

सुदूरपश्चिम प्रदेश ०१–००१ ख ४०८५ नम्बरको माइक्रोबसले ठक्कर दिँदा गम्भीर घाइते भएकी न्यौपानेलाई तत्काल उपचारका लागि टीकापुर अस्पताल पुर्‍याइएको थियो। उनको उपचारका क्रममा बिहान ११ बजेर ७ मिनेटमा मृत्यु भएको प्रहरीले जनाएको छ। ठक्कर दिने माइक्रोबस र चालक प्रताप चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने दुर्घटनाबारे थप अनुसन्धान भइरहेको छ।

spot_img

ताजा समाचार