बिपी स्मृति दिवसमा कांग्रेस कञ्चनपुरद्वारा बिरामीलाई फलफूल वितरण

प्रकाशित मिति:

महेन्द्रनगर । नेपाली कांग्रेस कञ्चनपुरले ४४औँ बिपी कोइराला स्मृति दिवसका अवसरमा महाकाली प्रादेशिक अस्पतालमा उपचाररत बिरामीलाई फलफूल वितरण गरेको छ ।

दिवसको अवसरमा महेन्द्रनगरस्थित बिपी चोकमा रहेको जननायक बिपी कोइरालाको सालिकमा माल्यार्पण गरी उहाँप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो । त्यसपछि नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरूले महाकाली प्रादेशिक अस्पताल पुगेर उपचाररत बिरामीलाई फलफूल वितरण गर्दै शीघ्र स्वास्थ्यलाभको कामना गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेस कञ्चनपुरका सभापति पदम बोगटीसहित,नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश समितिका सदस्य, जिल्ला कार्यसमितिका पदाधिकारी, भातृ तथा शुभेच्छुक संस्थाका पदाधिकारी, नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेसले हरेक वर्ष बिपी कोइराला स्मृति दिवसका अवसरमा जननायक बिपी कोइरालाको योगदानको स्मरण गर्दै विभिन्न सामाजिक तथा सेवामूलक कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

यस वर्ष पनि श्रद्धाञ्जलीसँगै अस्पतालमा रहेका बिरामीलाई फलफूल वितरण गरी सामाजिक उत्तरदायित्व निर्वाह गर्ने प्रयास गरिएको बताइएको छ ।

ताजा समाचार