भीमदत्तको मेयरमा काँग्रेसका बोगटी ३२३०,उपमेयरमा लेखक ३५० मतले अगाडी,अरु कसले कति मत पाए ?

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायम राखेको छ । मेयरमा काँग्रेसका पदम बोगटी ३२३० मतले अगाडी छन् ।

अहिले वडा नम्बर ९,१० र १८ को मत गणना भइरहेको छ । उनले मतगणना भइरहेका सबै वडामा लिड गरिरहेका छन् । वडा नम्बर १,३,४,५,१७ नेपाली काँग्रेस र वडा नम्बर १९ मा माओवादीले जितिसकेको छ । बोगटीले हालसम्म ५८८४ मत प्राप्त गरेका छन् ।

उनलाई राप्रपाका गजेन्द्र चन्दले २६५४ मतले पछ्याइरहेका छन् । यस्तै एमालेका महेश पन्तले २५२४,नेकपा एकिकृत समाजवादीका राजेन्द्र पाण्डेयले १५४० मत पाएका छन् ।

भीमदत्तको उपमेयरमा पनि काँग्रेसकी निलम लेखक जोशीले अग्रता कायम राखेकी छन् ।

उनले ४३६७ मत पाएकी छन् । उनलाई पछ्याइरहेका माओवादीका कृष्णदत्त जोशी ९बोक्सर० उनिभन्दा ३५० मतले पछाडी छन् । बोक्सरले ४०१७ मत प्राप्त गरेका छन् । यस्तै एमालेकी भुवन कुवँरले २५३० मत, राप्रपाकी हेलन श्रेष्ठले १९४९ मत पाएकी छन् ।

अरु कसले कति मत पाए ?

ताजा समाचार