सुकासालमा मोटरसाइकल दुर्घटना हुदाँ एकजनाको मृत्यु

महेन्द्रनगर । कञ्चनपुरका सुकासाल स्थित गड्डाचौकी सडक खण्डमा मोटरसाइकल दुर्घटना हुदाँ एक जनाको ज्यान गएको छ । एकजना गम्भीर घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दुर्घटनामा परि भीमदत्त नगरपालिका–१० गज्जरका विरेन्द्र चन्दको मृत्यु भएको छ ।

भीमदत्त नगरपालिका–५ सुकासालका प्रेम अवस्थीले चलाएको म २ प ८०४२ नम्बरको मोटरसाइकल र चन्दले चलाएको मोटरसाइकल एक आपसमा ठोक्किदा गम्भीर घाइते भएका चन्दको महाकाली प्रादेशिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा परि गम्भिर घाइते भएका अवस्थीलाई थप उपचारका लागि महाकाली प्रादेशिक अस्पतालले अन्यन्त्र रेफर गरेको छ ।

ताजा समाचार