भीनपा–१५ मा काँग्रेसका भट्टको प्यानल विजयी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १५ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेद्धवार भुवनराज भट्टको प्यानलै भारी मतले विजयी भएको छ ।
वडाध्यक्ष्यमा निर्वाचित भट्टले ६७८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेद्धवारले ५२७ मत पाए भने माओवादीका उम्मेद्धवारले ४ मत, नेकपा एकिकृत समाजवादीका उम्मेद्धवारले १८० र राप्रपाका उम्मेद्धवारले १७३ मत मात्रै पाएका छन् ।

यस्तै वडा सदस्यमा समेत नेपाली काँग्रेसका उम्मेद्धवार भारी मतले विजयी भएका छन् ।

ताजा समाचार