भीनपा–१० मा काँग्रेसका चन्द प्यानल सहित विजयी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर १० मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेद्धवार महेश चन्दको प्यानलै भारी मतले विजयी भएको छ ।

वडाध्यक्ष्यमा निर्वाचित चन्द ५५८ मतान्तरले विजयी भएका छन् । उनले १२५२ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्धन्द्धी राप्रपाका उम्मेद्धवारले ६९४ मत पाए भने एमालेका उम्मेद्धवारले ६११,माओवादीका उम्मेद्धवारले ५२० मत र स्वतन्त्र उम्मेद्धवारले १०१ मत मात्रै पाएका छन् ।

यस्तै वडा सदस्यमा समेत नेपाली काँग्रेसका उम्मेद्धवार भारी मतले विजयी भएका छन् ।

ताजा समाचार