भीमदत्तको मेयरमा काँग्रेसका बोगटीले कटाए १० हजार मत

महेन्द्रनगर । कञ्चनपुको भीमदत्त नगरपालिकामा नेपाली काँग्रेसले अग्रता कायम राखेको छ । काँग्रेसबाट मेयर पदका उम्मेद्धवार पदम बोगटीले १० हजार मत कटाएका छन् ।

बोगटीले १० हजार २ सय ६३ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका एमालेका महेश पन्त उनिभन्दा ४ हजार ९ सय ६० मत पछाडी छन् । पन्तले ५ हजार ३ सय ३ मत मात्रै पाएका छन् ।

यस्तै राप्रपाका गजेन्द्र चन्दले ५ हजार २ सय २१ मत, नेकपा एकिकृत समाजवादीका राजेन्द्र पाण्डेयले २ हजार ७ सय ५ मत प्राप्त गरेका छन् ।

हाल भीमदत्त नगरपालिका वडा नम्बर ६,७,९,११,१४,१८ को मत गणना भइरहेको छ । गणना सम्पन्न वडा मध्ये वडा नम्बर १,३,४,५,१०,१५,१६,१७ मा नेपाली काँग्रेस र वडा नम्बर १९ मा माओवादी केन्द्र विजयी भएको छ ।

ताजा समाचार