भीनपा–६ मा काँग्रेसका खड्काको प्यानल नै विजयी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका वडा नम्बर ६ मा नेपाली काँग्रेसको प्यानल नै विजयी भएको छ । नेपाली काँग्रेसबाट वडाध्यक्षका उम्मेद्धवार महेन्द्र खड्काको प्यानलै भारी मतले विजयी भएको छ ।

वडाध्यक्ष्यमा निर्वाचित खड्का ६०७ मतान्तरले विजयी भएका छन् । उनले १३५८ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी एमालेका उम्मेद्धवारले ७५१ मत पाए भने राप्रपाका उम्मेद्धवारले ५२५ र नेकपा एकिकृत समाजवादीका उम्मेद्धवारले २४९ मत मात्रै पाएका छन् ।

यस्तै वडा सदस्यमा समेत नेपाली काँग्रेसका उम्मेद्धवार भारी मतले विजयी भएका छन् ।

उक्त वडा यसअघि एमालेले जित्दै आएको थियो ।

ताजा समाचार