कञ्चनपुरका पत्रकार जोशीमाथी आक्रमण गर्ने २ जना प्रकाउ


महेन्द्रनगर । कञ्चनपुरका पत्रकार कैलाश जोशीमाथी आक्रमण गर्ने विरुद्ध प्रहरीमा अभद्र व्यहारको मुद्दा दर्ता भएको छ ।
भीमदत्त नगरपालिका–६ ऐठपुरका कपील चन्द, राजेश चन्द, रोशन पाल लगायत विरुद्ध अभद्र व्यवहारको मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

आरोपितमध्ये दुई जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । भीमदत्त नगरपालिका–६ ऐठपुरका कपील चन्द र राजेश चन्दलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

अन्य फरार रहेकाको खोजीकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी चक्रबहादुर शाहले बताए ।रेडियो राष्ट्रियमा कार्यरत पत्रकार जोशीमाथी गत सोमबार बेलुका भीमदत्त नगरपालिका–६ ऐठपुरमा आक्रमण भएको थियो ।

ताजा समाचार