कृष्णपुरको मेयरमा काँग्रेसका ओझा, उपमेयरमा राना विजयी

महेन्द्रनगर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाको मेयर र उपमेयर दुवैमा नेपाली कांग्रेस विजयी भएको छ । मेयरमा कांग्रेसका हेमराज ओझा १० हजार ४ सय ३४ मत सहित विजयी भएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

उनका निकटतम् प्रतिस्पर्धी नेकपा माओवादी केन्द्रका जोगराज चौधरीले ८ हजार २ सय मत ल्याए । यस्तै, नेकपा एमालेका लोकेन्द्र प्रसाद पन्तले ६ हजार ६ सय ७४ र नेकपा एकीकृत समाजवादीका सुरेन्द्र बहादुर बमले ६ सय ७५ मत मात्रै पाएका छन् ।

उपमेयरमा समेत कांग्रेसकी द्रोपती राना विजयी भएकी छन् । उनले ९ हजार ६ सय ७५ मत प्राप्त गरेकी छन् । उपमेयर रानाका निकटतम् प्रतिस्पर्धी एमालेकी रमिता रानाले ७ हजार ३ सय १६ मत मात्र प्राप्त गरिन ।

उनि कृष्णपुरकी निवर्तमान उपमेयर समेत हुन् । यस्तै माओवादीकी गीता मल्लले ६ हजार ८ सय ५१ मत पाएकी छन् ।

९ वडा रहेको कृष्णपुरमा नेपाली काँग्रेसले वडा नम्बर १,९,८,५,माओवादी केन्द्रले वडा नम्बर २,३,४,६ र नेकपा एमालेले ७ नम्बर वडा जितेको छ ।

ताजा समाचार