सातामा दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

महेन्द्रनगर । बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त आइतबार पनि बिदा दिने निर्णय कार्यान्वयनमा जटिलता देखिएपछि सरकार पछि हट्ने अवस्थाा पुगेको हो ।

सातामा दुई दिन बिदा दिने निर्णय अव्याहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरवलोकन गर्ने तयारीमा छ । सरकारले यो निर्णयलाई एकडेढ महिना परीक्षाका रुपमा हेर्ने र समस्या देखिए पुनरवलोकन गर्ने बताउँदै आएको संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सुरेश अधिकारीले बताएका छन् ।

सातामा दुई दिन बिदा दिने निर्णय कति प्रभावकारी भयो भन्ने विषयमा समीक्षा गर्न शुक्रबार मुख्य सचिव शंकरदास बैरागीले सचिवहरुको बैठक बोलाएका थिए ।

उक्त बैठकमा सचिवहरुले स्वास्थ मन्त्रालयमाहतका सेवा तथा अन्य अत्यावश्यकीय सेवा सम्पादनमा अव्यावहारी देखिएको बिफ्रिङ गरेका थिए । ‘खासगरी स्वास्थकर्मी तथा चिकित्सकबाट सातामा दुई दिन बिदा निर्णय अव्यावहारीक भएको गुनासो आएको छ,’

ताजा समाचार