भीमदत्तका १७ वडाको अन्तिम मतपरिणाम सार्वजनिक,कुन वडा कसले जिते ?

महेन्द्रनगर । कञ्चनपुरको सबै भन्दा ठुलो पालिका भीमदत्त नगरपालिकाका १९ वडा मध्ये १७ वडाको अन्तिम मतपरिणम सार्वजनिक भएको छ ।

अन्तिम मतपरिणाम सार्वजनकि भएका १७ वडामध्य १२ वडा नेपाली काँग्रेस,३ वडा नेकपा एमाले र २ वडा नेकपा माओवादी केन्द्रले जितेको छ ।

हाल वडा नम्बर १३ र २ को मत गणना भइरहेको निर्वाचन अधिकृतको कार्यालय जनाएको छ । गणना भइरहेका वडा नम्बर २ को अध्यक्षमा नेपाली काँग्रेसका उम्मेद्धवार र १३ मा स्वतन्त्र उम्मेद्धवारले लिड गरिरहेका छन् ।

काँग्रेसले जितेका वडा

वडा नम्बर १ आसेफ कुवँर (भुन्टु)
वडा नम्बर ३ गगन सिंह धामी
वडा नम्बर ४ शुशिल भट्ट
वडा नम्बर ५ पदम राज अवस्थी
वडा नम्बर ६ महेन्द्र खड्का
वडा नम्बर ८ मदनराज मिश्र
वडा नम्बर १० महेश बहादुर चन्द
वडा नम्बर ११ प्रकाश थापा
वडा नम्बर १२ भुपेन्द्र रावल
वडा नम्बर १५ भुवनराज भट्ट
वडा नम्बर १६ केशव सिंह विष्ट
वडा नम्बर १७ पदम सिंह बुढा

नेकपा एमालेले जितेका वडा

वडा नम्बर ७ गणेश चन्द
वडा नम्बर ९ गगन सिंह कार्की
वडा नम्बर १८ रविन्द्र देवकोटा

नेकपा माओवादी केन्द्रले जितेका वडा

वडा नम्बर १४ भोजराज जोशी
वडा नम्बर १९ जगुराम चौधरी

ताजा समाचार