चट्याङ लागेर एक महिलाको मृत्यु

महेन्द्रनगर । उदयपुरमा आइतबार बिहान चट्याङ लागेर एक महिलाको ज्यान गएको छ ।

बिहान पानिसँगै परेको चट्याङले घाइते भएकी कटारी नगरपालिका– ११ गोडाँडाकी ४५ वर्षीया भक्तकुमारी बुढाथोकीको कटारी अस्पतालमा उपचारका क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

ताजा समाचार