भीमदत्तको मेयरमा काँग्रेसका बोगटी र उपमेयरमा लेखकको जित पक्का

महेन्द्रनगर । कञ्चनपुरको सबैभन्दा ठुलो पालिका भीमदत्त नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका उम्मेद्धवार पदम बोगटी र उपमेयरमा निलम लेखक जोशीको जित पक्का भएको छ ।

१९ वडा रहेको भीमदत्तका १७ वडाको अन्तिम मतपरिणाम र वडा नम्बर २ र १३ को क्रमश २ हजार १ सय १६ र १ हजार ६ सय मतगणना हुदाँ मेयर पदका उम्मेद्धवार बोगटीले १५ हजार २ सय ५५ मत प्राप्त गरेका छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका महेश पन्त उनिभन्दा ७ हजार ३ सय ८२ मतले पछाडी छन् । पन्तले ७ हजार ८ सय ७३ मत मात्रै पाएका छन् ।

यस्तै राप्रपाका गजेन्द्र चन्दले ६ हजार ९ सय ५२ मत,नेकपा एकिकृत समाजवादीका राजेन्द्र पाण्डेयले ३ हजार ३ सय ६२ मत प्राप्त गरेका छन् । अब (यो समाचार तयार पार्दा) १ हजार ४ सय १९ मत मात्रै गणना हुन बाकीँ छ ।

यस्तै उपमेयरमा पनि काँग्रेसकी निलम लेखक जोशीको जित निश्चित भएको छ । उनले ११ हजार ७ सय ६८ मत प्राप्त गरेकी छन् । उनलाई पछ्याइरहेका माओवादी केन्द्रका कृष्णदत्त जोशी (बोक्सर) उनि १ हजार ५ सय ३२ मतले पछाडी छन् ।

बोक्सरले १० हजार २ सय ३६ मत पाएका छन् । यस्तै नेकपा एमालेकी भुवन कुवँरले ७ हजार ७ सय २८ मत, राप्रपाकी हेलन श्रेष्ठले ४ हजार ७ सय १ मत मात्रै प्राप्त गरेकी छन् ।

ताजा समाचार