भीमदत्तमा काँग्रेसको विजयी जुलुस (फोटो/भिडियो)

महेन्द्रनगर । कञ्चनपुरको सबैभन्दा ठुलो पालिका भीमदत्त नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका पदम बोगटी र उपमेयरमा निलम लेखक जोशी भारी मतान्तरले निर्वाचित भएका छन् । बोगटीले १५ हजार ८ सय ८२ मत प्राप्त गरेका छन् ।

उनका निकटतम प्रतिद्धन्द्धी एमालेका महेश पन्तले ८ हजार १ सय ४१ मत मात्रै पाए । राप्रपाका गजेन्द्र चन्दले ७ हजार १ सय ५ र नेकपा एकिकृत समाजवादीका राजेन्द्र पाण्डेयले ३ हजार ४ सय ५२ मत मात्रै जोड्न सके । यस्तै उपमेयरमा पनि नेपाली काँग्रेसकी निलम लेखक जोशी निर्वाचित भएकी छन् ।

उनले १२ हजार २ सय १६ मत पाएकी छन् । उनका निकटतम प्रतिद्धन्द्धी माओवादी केन्द्रका कृष्णदत्त जोशी (बोक्सर) ले १० हजार ५ सय ९६ मत मात्रै पाए । त्यस्तै एमालेकी भुवन कुवँर ७ हजार ९ सय ६० मत,राप्रपाकी हेलन श्रेष्ठ ४ हजार ७ सय ७२ मतमा अड्किए ।

१९ वडा रहेको भीमदत्तमा १३ वडा नेपाली काँग्रेस,३ वडा नेकपा एमाले,२ वडा माओवादी केन्द्र र एक वडा स्वतन्त्र उम्मेद्धवारले जितेका छन् । मेयर,उपमेयरमा विजयी हासिल गरेको काँग्रेसले विजयी जुलुस निकालेको छ । महेन्द्रनगर स्थित जिल्ला पार्टी कार्यालयबाट बिपि चोक हुदैँ महेन्द्र स्मारक सम्म विजयी जुलुस निकालिएको थियो ।

उक्त विजयी ¥यालीमा निर्वाचित मेयर,उपमेयर सहित नेपाली काँग्रेसका केन्द्रिय सदस्य एनपी साउँद,रमेश लेखक,यज्ञराज जोशी, महाधिवेशन प्रतिनिधि तथा पूर्व जिल्ला पार्टी सभापति बहादुर थापा लगाएतको उपस्थिति रहेको थियो । नवनिर्वाचित मेयर बोगटी,उपमेयर लेखकले बिपी चोकमा रहेको बिपी कोइरालाको सालिकमा माल्यार्पण समेत गरेका थिए ।

फोटो / भिडियो:

ताजा समाचार