कञ्चनपुरका सिमाना ४ दिन बन्द हुने


महेन्द्रनगर । कञ्चनपुरको सिमाना १४ गते देखि १७ गतेसम्म भारतको चम्पावत जिल्लासँग जोडिएका सिमाना बन्द हुने भएको छ । जेठ १७ गते भारत, उत्तराखण्डको चम्पावत विधान सभा क्षेत्र नम्बर ५५ को उपनिर्वाचन हुने भएकाले गड्डाचौकी लगाएका नाका १४ गते बेलुकी ५ बजे देखि १७ गते बेलुकी ५ बजे सम्म बन्द हुने, र सो अवधिमा अत्यावश्क सेवाका लागि भने अनुमति दिइने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ ।

ताजा समाचार