पत्रकारीता छाडेर राजनितिमा लागेका गणेशले सम्हाले अध्यक्षको पद्भार


महेन्द्रनगर । पत्रकारीता क्षेत्रमा करिब आठ दशक बिताएका गणेश चौधरी सो पेशाबाट राजीनामा दिएर राजनीति तर्फ लागेका हुन्।

पत्रकारीता छाडेर राजनितिमा होमिएका गणेश चौधरी कैलालीको जानकी गाउँपालिकाको अध्यक्षको पद्भार सम्हालेका छन् । नागरिक उन्मुक्ति पार्टीबाट गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका चौधरीले मंगलबार पद्भार सम्हालेका हुन् ।

चौधरी ७ हजार १५१ मत प्राप्त गरेर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भए । उनीसगँ पराजित नेपाली कांग्रेसका उम्मेदवार परशुराम महतौं (कठरिया) ले ५ हजार २४२ मत प्राप्त गरे ।

ताजा समाचार