भीमदत्तलाई नमुना नगर बनाउन कर्मचारीहरुको साथ चाहिन्छः मेयर बोगटी

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका मेयर पदम बोगटीले नगरको विकासका लागि कर्मचारीहरुको साथ महत्वपूर्ण भएको बताएका छन् ।

‘भीमदत्त नगरपालिकाको समग्र विकासका लागि तपाईहरु कर्मचारीहरुको साथ चाहिन्छ ।’ मंगलबार कर्मचारीहरु संगको परिचयात्मक कार्यक्रममा उनले भने ‘यो नगरलाई नमुना नगरका रुपमा विकास गर्न यहाँहरुको साथ महत्वपूर्ण हुन्छ ।’

यस्तै उनले कर्मचारीहरुलाई इमान्दार भएर काम गर्न समेत आग्रह गरे । ‘ को कर्मचारी कुन पार्टी निकट,को कसको मान्छे मलाई केही फरक पर्दैन ।’ उनले भने ‘तर काममा भने कुनै कर्पोमाइज हुदैन, सबैले आफ्नो काम इमान्दारीताका साथ गर्नुपर्छ । काम नगर्ने मेरै पार्टीनिकटको कर्मचारी भएपनि कारवाही गर्छौ ।’

कार्यक्रममा उनले कर्मचारीहरुलाई ७ दिन भित्र नगरपालिकाको आय,व्याय र प्रत्यक शाखाका गतिविधि पेश गर्न निर्देशन दिएका छन् । ‘नगरपालिका २ अर्व घाटामा छ भन्ने बजारमा सुनेको छु ।’ उनले भने ‘मलाई ७ दिन भित्र नगरको आय,व्याय पेश गर्नुहोला ।’

यस्तै उनले प्रतयक तीन÷तीन महिनामा नगरपालिकाका सम्पूर्ण आयव्याय तथा गतिविधि सार्वजनिकि गर्न समेत कर्मचारीलाई निर्देशन दिए ।

उक्त परिचयात्मक कार्यक्रममा उपमेयर निलम लेखक जोशीले नगरको विकासका लागि सबै कर्मचारी र जनप्रतिनिधिहरुले मिलेर काम गर्नुपर्ने बताइन् ।

ताजा समाचार