बझाङमा सहकारी संस्थाबाट ५ लाख भन्दा बढी चोरी

महेन्द्रनगर । बित्थडचिर गाउँपालिका–२ स्याँडीस्थित बित्थडचिर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको नगद ५ लाख २१ हजार ८ सय ५ रूपैयाँ चोरी भएको हो ।

अज्ञात व्यक्तिले उक्त संस्था रहेको भवनको मुल ढोकाको ताला फोडेर सेफलाई लगेको र सेफ टोडेर उक्त रकम चोरेको प्रहरीले जनाएको छ ।

उक्त सेफ भवनदेखि अन्दाजी २ सय मिटर टाढा फेला परेको थियो । घटनाबारे थपअनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

ताजा समाचार