कसले फैलायो भीमदत्तका मेयरले सरकारी गाडी नचढ्ने हल्ला ?

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नवनिर्वाचित मेयर पदम बोगटीले सरकारी गाडी नचढ्ने घोषणा गरेको भन्दै हल्ला चलाइएको छ ।

केही समावसेवी,पत्रकार र केही अनलाइन मिडिया,पत्रपत्रिकाले मेयर बोगटी सरकारी गाडी नचढ्ने,आफ्नै निजि गाडी चढ्ने घोषणा गरे भनेर लेखेका छन् ।

यद्यपी मेयर बोगटीले सरकारी गाडी नचढ्ने भनेर घोषणा नगरेको नगरपालिकाले जनाएको छ । नगरप्रमुखले सरकारी गाडी नचढ्ने भनेर कुनै घोषणा नगरेको भीमदत्त नगरपालिकाका सूचना अधिकारी हरि सिंह धामीले बताए ।

‘नगरप्रमुख ज्यूले अहिलेसम्म कर्मचारीहरु संगको बैठक र कार्यपालिका बैठक तथा कुनै कार्यक्रममा कहि कतैपनि म सरकारी गाडी चढ्दैन भन्नुभएको छैन ।’ सूचना अधिकारी धामीले भने ‘बाहिर अनअफिसियल कुरा हो भने त्यो थाहा भएन ।’उनले अगाडी भने ‘बाहिर खै कसले त्यस्तो हल्ला फैलाए ? सुरक्षाको हिसाबलेपनि नगरप्रमु्ख ज्यूले सरकारी गाडी नै प्रयोग गर्नु राम्रो हुन्छ ।’

यस्तै नगरप्रमुख बोगटीले समेत आफुले सरकारी गाडी नचढ्ने घोषणा नगरेको बताए । उनले भने ‘मैले सरकारी गाडी नचढ्ने भनेर कुनै आधिकारीक घोषणा गरेको छैन ।’

ताजा समाचार