कञ्चनपुरमा प्रहरीले लागूऔषधसहित ४ जनालाई पक्राउ

महेन्द्रनगर । कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका–७ पौलाहा मसानघाटबाट शनिवार साँझ १५ दशमलव ९८ ग्राम लागूऔषध खैरो हिरोइनसहित ४ जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा धनगढी उप–महानगरपालिका–१३ एयरपोर्ट निर बस्ने २२ वर्षका दीपक भट्ट, १८ वर्ष का विवेक चौधरी, २५ वर्षका किशोर राना र ३५ वर्षका कालुराम राना छन्।

से ५ प २२०९ नम्बरको मोटरसाइकलमा सवार दीपक र विवेकको साथबाट ४ दशमलव ३९ ग्राम र सुपप्र ०१००९ प ८१८ नम्बरको मोटरसाइलमा सवार किशोर र कालुरामको साथबाट ११ दशमलव ५९ ग्राम लागूऔषध खैरो हिरोइन बरामद गरिएको कञ्चनपुर प्रहरीका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताएका छन् । पक्राउ परेका चारै जनामाथि थप अनुसन्धानको भइरहेको उनले बताए।

ताजा समाचार