नदिमा डुवेर दुई बालकको मृत्यु


महेन्द्रनगर । कैलालीको धनगढी मोहना नदीको चटकपुर- राजघाट जोड्ने पुलको मुनि पौडी खेलिरहेका बेला दुई बालकको मृत्यु भएको छ ।
प्रहरीका अनुसार धनगढी-३ का साढे ९ वर्षीय अनुप चौधरि र १२ वर्षीय विष्णु गुप्ताको डुवेर मृत्यु भएको हो। पुलमुनि नुहाइरहेका बेला उनीहरु दुवै नदीमा डुवेका थिए ।

ताजा समाचार