महेन्द्रनगर । सरकारले बजेटमार्फत औद्योगिक प्रयोजनाका लागि आयात गरिने पाम र पामोलिन प्रशोधित तेलको भन्सार शुल्क १० प्रतिशतमा झारेको छ ।
यसअघि यस्तो तयारी तेलमा १५ प्रतिशत र कच्चा पदार्थमा १० प्रतिशत भन्सार शुल्क थियो सरकारले गरेको भन्सार दर हेरफेरपछि वनस्पति घ्यु तेल उद्योगीले भने सरकारको आलोचना गरेका छन् ।
बजेटको नयाँ नीति पछि अब वनस्पती घ्यु, तेल, उद्योगले कच्चा पदार्थ आयात गर्दा भन्सार महसुल १० प्रतिशत नै यथावत छ ।
बजेटको नयाँ नीति पछि उद्योगले कच्चा पदार्थको रुपमा पाम र पामोलिन आयात गर्दा र उद्योगले तयारी तेल आयात गर्दा समान १० प्रतिशत मात्रै भन्सार शुल्क तिरे हुन्छ ।
सरकारको नीतिले बिस्कुट, चाउचाउ लगायतका उद्योगको उतपादन लागत घटाउन मद्धत मिल्नेछ । भन्सार दर हेरफेरले आफ्ना उद्योगहरु संकटमा पर्ने दाबी नेपाल वनस्पति घ्यु तेल उत्पादक संघको छ ।
संघले निर्णय सच्याउन सरकारको ध्यानाकर्षण गराएको छ ।‘प्रशोधित तेलका कारण मुलुकमा मूल्य अभिवृद्धि र अन्य बाइप्रडक्ट पनि उत्पादन भएको छ,’ संघले भनेको छ, ‘यसले विदेशी मुद्रा बाहिरिन थप मद्धत मिल्छ ।’