बैतडीमा भरुवा बन्दुक सहित दुईजना पक्राउ


महेन्द्रनगर । बैतडीमा भरुवा बन्दुक सहित दुईजना पक्राउ परेका छन् । बैतडीको डिलाशैनी गाउँपालिकाका वडा नं ४ मठैराजस्थित चौंलाशको जंगलबाट दुईजना भरुवा बन्दुक सहित पक्राउ परेका हुन्

दोगडाकेदार गाउँपालिका वडा नं ८ का ४० बर्षीय हिक्मत बहादुर बिष्ट र डिलाशैनी ४ का २९ वर्षीय राजेन्द्रबहादुर बिष्ट लाई धामीगाउँ प्रहरी चौकीबाट खटिएको प्रहरीको गस्ती टोलीले पक्राउ परेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता निरीक्षक प्रहरीले जानकारी दिएका छन् ।

उनका अनुसार उनीहरुलको साथबाट एकजनाले दुईथान भरुवा बन्दुक, त्यसमा लाग्ने छर्रा र बारुद समेत बरामद गरिएको यस्तै घोरलको जस्तै देखिने टाउको , घोरलको जस्तै देखिने दुई थान छाला र १५ केजी मासु बरामद गरिएको प्रहरीले जनाएका छन् ।

ताजा समाचार