कैलालीमा अस्पतालबाट फर्किने क्रममा एक थुनुवा हतकडीसहित फरार

महेन्द्रनगर । जेठ १८ गते झाडापखालाको उपचारका लागि सुखडको घोडाघोडी अस्पतालमा लगिएको एक थुनुवा हतकडी सहित फरार भएको छ ।

जेठ १४ मा पाण्डेयसहित प्रकाश शाह लागूऔषधको मुद्दामा पक्राउ परेका थिए । त्यसपछि दुवैजनालाई उपचारका लागि स्थानीय घोडाघोडी अस्पतालमा लगिएको थियो। अस्पतालबाट फर्कने बेला पाण्डेय फरार भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक वेदप्रकाश जोशीले बताए।

इलाका प्रहरी कार्यालय सुखडमा राखिएका घोडाघोडी नगरपालिका–२ साडेपानीका २४ वर्षीय कृष्ण पाण्डेय फरार भएका हुन्।अहिले फरार थुनुवाको खोजीका लागि जिल्ला र इलाकाको टोली खटिएको प्रहरी नायब उपरिक्षक जोशीले बताए।

ताजा समाचार